सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार बागमती प्रदेश

कान्तिपुरका पत्रकार टीकाप्रसाद भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एकैपटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
कान्तिपुरका पत्रकार टीकाप्रसाद भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, जेठ २३ :

कान्तिपुर दैनिकका पूर्णकालीन पत्रकार टीकाप्रसाद भट्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचर मुद्दा दायर गरेको छ । कान्तिपुरका पूर्णकालीन पत्रकार भनिए पनि उनी सरकारी कर्मचारीसमेत हुन् ।

पत्रकारको आवरणमा सरकारी कर्मचारी धम्क्याउने र रकम असुल्ने गरेको आरोप लगाउँदै अख्तियारले रामेछापका भट्टमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासु पदमा कार्यरत भट्टविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०४९ साउनदेखि अस्थायी खरिदारमा कार्यरत उनले लगत्तै अनिश्चितकालीन म्याद थप गरेको कैयौं निकायबाट एकसाथ लाभ लिएको अख्तियारको आरोप छ ।

कान्तिपुर दैनिकको पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै नगर विकास समितिलगायत अन्य निकायबाट पनि भट्टले पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।

कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतले विभिन्न कार्यालयबाट काज/भ्रमण अनि बैठक भत्ता लिएको भन्दै अख्तियारले त्यसलाई गैरकानुनी लाभ भनेको छ ।

अख्तियारको आरोपअनुसार भट्ट मन्थली बचत तथा ऋण सहकारी रामेछाप, मिडाड नेपाल नामक विज्ञापन एजेन्सी लगायतमा कार्यरत थिए । अख्तियारले उनीमाथि २०४९ सालदेखि अहिलेसम्म १ करोड १५ लाख रुपैयाँ गैरकानुनी लाभ लिएको आरोप लगाएको छ ।

अख्तियारले उनलाई कमिसन दिई भ्रष्टाचार गरेको आरोपमा सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुखहरु अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश दाहाल लगायतमाथि पनि भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए ।

खोटाङका तत्कालीन जिशिअ ज्ञानमणि नेपालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार