काठमाण्डौँ , भदौ २२ :

बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा पुगेको छ।

युरोपियन यूरो एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ।

स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।