सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति अर्थतन्त्र

प्रधानमन्त्रीको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्यता हटाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्यता हटाइयो
फाइल तस्बिर।
काठमाडौं, जेठ २५ :

प्रधानमन्त्रीको निर्देशनपछि घरजग्गा खरिद-बिक्री गर्दा अनिवार्य गरिएको बैंक स्टेटमेन्टको व्यवस्था हटाइएको छ।

फाइनान्सियल टास्क फोर्स (एफटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर ल्याउने तयारीस्वरूप भूमि व्यवस्थापन तथा अभिलेख विभागले  जेठ २० मा कडाइ गरेको थियो। तर, त्यसले व्यापक विरोध र असहजता सिर्जना गरेपछि एक सातामै निर्देशन संशोधन गरिएको हो।

अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने छैन। त्यसका साथै, केवाईसी फाराम अनिवार्य रूपमा भरिहाल्नुपर्ने व्यवस्था पनि हटाइएको छ।

पहिलाको निर्देशनअनुसार खरिदकर्ताको खाताबाट बिक्रीकर्ताको खातामा कारोबार भएको प्रमाणसहितको बैंक स्टेटमेन्ट संलग्न गर्नुपर्ने, बैनाबट्टाको कारोबारमा समेत बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने व्यवस्था थियो। ती सबै नयाँ निर्देशनबाट हटाइएका छन्।

पहिले एक दिनमा ३ करोड रुपैयाँ बराबरको कारोबार गर्दा मात्र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा विवरण पठाउनुपर्ने व्यवस्था थियो। अब त्यो सीमा घटाएर १ करोड रुपैयाँ गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार