
सान्भी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज (सोमबार) कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
आईपीओमा २१ लाख ८ हजार २३२ जना आवेदकले २ करोड ५८ लाख ९० हजार ६२० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.७१ गुणा बढी आवेदन हो ।
जसमा ५२ हजार ७१० आवेदकको २० लाख ४३ हजार २४९ कित्ता आवेदन बदर भए । परेको कुल आवेदनमध्ये २० लाख ३० हजार १५७ जनाको सदर भएको थियो ।
सदर भएकामध्ये २ लाख ४१ हजार ५३० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने १७ लाख ८८ हजार ६४५ जनाको हात खाली भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । आवेदकले धितोपत्र बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको ‘मेरो सेयर’ र iporesult.cdsc.com.np मा गएर नतिजा हेर्न सक्नेछन् ।