बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

‘बीपीले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो, तर अहिले गाउँ नै रित्तिसक्यो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ जेठ, २०८२ मा प्रकाशित
‘बीपीले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो, तर अहिले गाउँ नै रित्तिसक्यो’
काठमाडौं, जेठ २६ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तिँदै गएको र पहाडमा बस्न कोही इच्छुक नरहेको बताएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा बोल्दै देउवाले सबै मानिस सहरतर्फ सरेको उल्लेख गर्दै पहाडमा आवश्यक सुविधा पुर्‍याउन सकेमात्रै त्यहाँ बसोबास बढ्ने धारणा राखे।

‘बीपी कोइरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो, तर अहिले गाउँ नै रित्तिसक्यो,’ उनले भने, ‘सुविधा पुगेको खण्डमा पहाड सुन्दर, सफा छ र हावापानी पनि राम्रो छ।’

उनले देशको समग्र विकासका लागि सबै क्षेत्रलाई समेटेर योजना बनाउनुपर्नेमा जोड दिए। साथै, जलवायु परिवर्तनले नेपालमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै हिमालहरू नाङ्गो बन्दै गएकाले भविष्यमा ठुलो जोखिम आउने चेतावनी दिए।

देउवाले नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक भएको बताए। जंगलको संरक्षण गरिए पनि असर कम नभएको उल्लेख गर्दै उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई बेकारको विषय भनेकोप्रति आलोचना गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार