काठमाडौं, जेठ २६ :

नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार अधिकारीले भैरहवामा सञ्चालन गर्न लागिएको ‘र्‍याडिसन प्रोजेक्ट’लाई ऋण दिने प्रक्रिया अघि बढाउने क्रममा सेवाग्राहीसँग १९ लाख रुपैयाँ घुस लिएका थिए। सो रकम लिएको प्रमाणसहित आयोगले अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

डा. अधिकारी नेपाल बैंक लिमिटेडको अध्यक्ष रहँदा विभिन्न परियोजनामा बैंकको ऋण स्वीकृत गर्ने प्रक्रिया नेतृत्वमा थिए। आयोगले उनको यो कार्यले भ्रष्टाचार निवारण ऐनविपरीत भएको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।