
काठमाडौं, जेठ २७ :
स्कटल्याण्डमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध आजको खेलमा नेपालका सोमपाल कामी र गुल्सन झा खेल्ने छैनन्।
अभ्यासका क्रममा घाइते भएपछि उनीहरू लिग–२ का बाँकी खेल र टी–२० त्रिकोणात्मक सिरिजबाट पनि बाहिरिएका छन्।
क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको उल्लेख छ।
चिकित्सकको सल्लाहअनुसार उनीहरूले खेलमा सहभागी नहुने जनाइएको छ।