सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार प्रदेश गण्डकी प्रदेश

तातोपानी कुण्डमा प्रचण्डको डुबुल्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
तातोपानी कुण्डमा प्रचण्डको डुबुल्की
म्याग्दी, जेठ २८ :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ स्थित प्रसिद्ध भुरुङ तातोपानी कुण्डमा स्नान गरेका छन्। 
पार्टीका वरिष्ठ नेता दिनानाथ शर्मासहित अन्य नेताहरूको साथमा अध्यक्ष दाहालले तातो पानीमा डुबुल्की मारेका हुन्।

स्नानकै क्रममा उनी बोतलको पानी पिउँदै कुण्डमा बस्दै गर्छन् । प्रचण्ड कुण्डमा झरेको पानीमा शरिर थाप्दै आराम गरिरहेको दृश्य सार्वजनिक भएको छ।

स्नानपश्चात् अध्यक्ष दाहालले यस्तो प्राकृतिक स्रोतको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको टिप्पणी गरेका छन्। स्थानीयवासी तथा पर्यटकहरूले पनि तातोपानी कुण्डको विकास र पहुँच विस्तारमा सरकारको चासो आवश्यक रहेको बताएका छन्। उनी मंगलबार म्याग्दी पुगेका हुन् ।

प्राकृतिक रूपमा उब्जिएको यो तातोपानी कुण्डमा स्नान गर्दा थकान मेटिनुका साथै शरीरका विभिन्न समस्यामा राहत पुग्ने जनविश्वास छ। यसैले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको भिड सधैंजसो यहाँ देख्न सकिन्छ। पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण मानिने यो क्षेत्र कालिगण्डकी करिडोर अन्तर्गत पर्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार