सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार प्रदेश गण्डकी प्रदेश

इमेज सहकारीका अध्यक्ष नेपालीको घर लिलामी नगर्न उच्च अदालतको आदेश

· बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
इमेज सहकारीका अध्यक्ष नेपालीको घर लिलामी नगर्न उच्च अदालतको आदेश
बागलुङ, जेठ २९ :

उच्च अदालत पोखराको बागलुङ इजलासले इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको नाममा रहेको घरजग्गा लिलामी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। राष्ट्रिय सहकारी बैंक ललितपुरको नाममा लिलामीको प्रक्रिया अघि बढेकोमा नेपालीले अदालतमा निवेदन दर्ता गरेका थिए।

न्यायाधीश नातिबाबु लामिछानेको एकल इजलासले बुधवार लिलामी तत्काल रोक्न आदेश दिए पनि अन्तरिम आदेशका लागि दुवै पक्षको बहसपछि निर्णय हुने जनाइएको छ। यसका लागि विपक्षीलाई २०८२ असार ९ गते अदालतमा उपस्थित हुन म्याद सूचना जारी गरिएको छ।

बागलुङ–२ हल्लनचोकस्थित कित्ता नं. ४५७, ४५८, ४५९ र ८८७ मा रहेका घरजग्गा राष्ट्रिय सहकारी बैंकले डेढ वर्षअघिदेखिको प्रक्रियाबाट लिलामीमा राखेको थियो। ती सम्पत्ति रामबहादुर र गोमा क्षेत्रीले झन्डै २०/२१ करोडमा खरिद गरेका थिए, जबकि वास्तविक मूल्य झन्डै एक अर्ब पर्ने पीडितहरुको दाबी छ।

तीन वर्षदेखि आन्दोलनरत पीडितहरुले जानकारी नदिई सस्तो मूल्यमा लिलामी गरी आफूहरूलाई रकम फिर्ता पाउने अवसरबाट बञ्चित गरिएको गुनासो गरेका छन्। अध्यक्ष नेपाली २०८० जेठ ४ गतेदेखि फरार भएपछि २०८० असार २५ मा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो। हाल उनी अदालतको आदेशमा थुनामा छन्।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार