नयाँ दिल्ली, जेठ २९ :

अहमदाबादमा आज (बिहीबार) दिउँसो एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटना भएको छ । 

विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीसहित २४२ यात्रु यात्रारत थिए । तीमध्ये ५२ जना बेलायती र ६ जना पोर्चुगाली नागरिक रहेको जानकारी प्राप्त भएको छ ।

एयर इन्डियाको फ्लाइट नम्बर AI-171 ले दिउँसो १:३८ बजे उडान भरेको थियो । तर, उडानपछि केवल दुई मिनेटमै अर्थात् १:४० बजे विमान दुर्घटनामा परेको हो ।

प्रारम्भिक जानकारीअनुसार विमान एयरपोर्टको पर्खाल र एयर कस्टम कार्गो कार्यालयको छेउमा खसेको थियो । विमान खसेसँगै वरिपरि बाक्लो धुवाँको मुस्लो देखिएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । अहिले उद्धारको काम तीव्र रूपमा भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।