सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ घाइते
बागलुङ, जेठ ३० :

बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उहाँको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छभने दुई वटा शव सङ्कलन भइरहेको छ ।

उपप्रमुख कायतले भने, ‘हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुई जनाको मृत्यु भएको छ, शव सङ्कलनको प्रयास भइरहको छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार