शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

प्रधानमन्त्री ओली र विश्व बैंक प्रमुखबीच विकासमा सहकार्य गर्ने विषयमा छलफल

‘नेपालले तयार पारेको ६ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचालाई स्वीकृति दिएकोमा विश्व बैंकलाई धन्यवाद ज्ञापन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
प्रधानमन्त्री ओली र विश्व बैंक प्रमुखबीच विकासमा सहकार्य गर्ने विषयमा छलफल
काठमाडाैं, जेठ ३० :

प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ। भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकास लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले तयार पारेको २०२५–२०३१ सम्मको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचालाई स्वीकृति दिएकोमा धन्यवाद ज्ञापन गर्दै, नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको बताए। उनले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र युवाहरुको उद्यमशीलता विकासलाई सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।

त्यसैगरी, जलवायु परिवर्तनको सन्दर्भमा नेपालले दिएको योगदानका आधारमा अन्तर्राष्ट्रिय समुदायबाट उचित क्षतिपूर्ति पाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। उनले आफ्नो पहिलो कार्यकालमा पूर्वाधार विकासमा प्राथमिकता दिए पनि भूकम्प र प्राकृतिक विपत्तिका कारण पुनर्निर्माणमै समय खर्चिनु परेको भन्दै अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धितर्फ लागिएको उल्लेख गरे।

विश्व बैंक प्रमुख सिस्लेनले नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, कृषि, सामाजिक र सांस्कृतिक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको जानकारी दिए। साथै, उनले प्रधानमन्त्री ओलीको ‘हिमालदेखि समुद्रसम्मको सुरक्षा’ अवधारणामा सहकार्य गर्न विश्व बैंक इच्छुक रहेको स्पष्ट पारे।

भेटका अवसरमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार