नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई पार्टी छाड्न भनेको भन्ने समाचारप्रति खण्डन गरेका छन्।
शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ‘शर्मालाई पार्टी छाड भन्नु भयो ? ’ भन्ने प्रश्नमा प्रतिक्रिया दिँदै भने, ‘त्यो भनेकै छैन, बेकारको कुरा हो। पत्याउनुभयो भने गल्ती गर्नुभयो।’
हाल माओवादी पार्टीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच राजनीतिक ‘लाइन संघर्ष’ चलिरहेको चर्चा छ। यही संघर्षका कारण दुई नेताबीच सम्बन्ध चिसिएको बताइएको छ। शर्माले प्रचण्डलाई लिखित रूपमा नेतृत्व छाड्न आग्रह गरेका थिए र आगामी महाधिवेशनसम्ममा खुला चुनौती दिने तयारीमा रहेका छन्।
यद्यपि, प्रचण्डले सञ्चारकर्मीहरूसामु यस्तो भनाइ बेकारको हल्ला भएको स्पष्ट पारेका छन्। उनले आफूले कहिल्यै पनि शर्मालाई पार्टी त्याग्न भनेको कुरा अस्वीकार गरेका छन्।
त्यसैगरी, प्रचण्डले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरू राजनीतिमा फर्कन पाउने स्पष्टोक्ति दिएका छन्। उनले भने, ‘उहाँहरू आउन चाहनुहुन्छ भने आउन पाउनुहुन्छ, यसका लागि कुनै कानुन आवश्यक छैन। न संविधान, न विश्वको कुनै परम्पराले रोक्दैन।’
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ : मन्त्री गौतम
सार्वजनिक अडिओ प्रकरणबारे खगेन्द्र सुनुवार भन्छ्न- एआईमार्फत बनाइयो