वासिङ्टन, जेठ ३१ :

अमेरिकाको मिनेसोटामा दुई जना डेमोक्रेटिक सांसदमाथि गोली प्रहार भएको छ। पहिलो घटनामा सांसद मेलिसा होर्टम्यान र उनका पतिको मृत्यु भएको छ। 
दोस्रो घटनामा सांसद जोन हफम्यान र उनकी पत्नी घाइते भएका छन्। दुवैको उपचार भइरहेको छ र उनीहरू बाँच्ने आशा गरिएको छ।

मिनेसोटाका गभर्नर टिम वाल्जले यो आक्रमण राजनीति प्रेरित हुनसक्ने बताएका छन्। उनले मेलिसालाई असल जनप्रतिनिधि भन्दै श्रद्धाञ्जली दिएका छन्।

सुरक्षाकर्मीका अनुसार आक्रमणकारी अझै फरार छन्। उसले प्रहरीको जस्तो वर्दी लगाएका कारण चिनिन गाह्रो भएको छ। उसको गाडी भने प्रहरीले फेला पारेको छ।