काठमाण्डौँ , भदौ २३ :

१०७औँ आरएनजीसी ओपन बर्थ डे कप गल्फ प्रतियोगिताको उपाधि प्रतापबहादुर बोहोराले जित्नु भएको छ ।

रोयल नेपाल गल्फ क्लबमा स्टेबल फोर्ड फरम्याटमा भएको प्रतिस्पर्धामा‌ बोहोराले ४१ अङ्क जोड्दै उपाधि हात पार्नु भएको हो । 

काउन्ट ब्याकमा ४० अङ्क प्राप्त गर्दै किशोर बस्नेत दोस्रो हुनुभयो ।

३७ अङ्क बनाउँदै प्रतियोगिताको ग्रस तर्फको उपाधि टासी छिरिङले जित्नुभयो।

महिलातर्फ ३८ अङ्कसहित सुमित्रा खड्का पहिलो हुनुभयो भने ३४ अङ्क ल्याएर गीता गुरुङ दोस्रो हुनुभयो ।

२८ अङ्क जोड्दै महिला सिनियर तर्फको उपाधि भने पुष्पा राईले हात पार्न सफल हुनुभयो ।

३८ अङ्क बनाउनुभएका गणेश भण्डारीले पनि सिनियरतर्फको उपाधि जित्नुभयो । 

 

प्रतियोगितामा विजेता बोहोरा लगायतका खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो ।