
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ०.४७ अंकले बढेर २,६५५.८५ अंकमा चढेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.६७ अंकले घटेर ४५३.४१ अंकमा झरेको छ ।
नेप्सेमा आज ३०८ कम्पनीको ९५ हजार ३७४ पटकको कारोबारमा दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँच वटाको सूचक बढेर बाँकी सबै राताम्मे बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नेपाल हाइड्रो डेभलपर लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सानिमा माई हाइड्रोपावर लिमिटेड परेको छ । सानिमा माईको अन्तिम कारोबार मूल्य ६७४ रुपैयाँ कायम रह्यो ।