
काठमाडौं, असार २ :
काठमाडौंको कलंकीमा स्कुल भ्यान दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ ।
काठमाडौँको कलंकीस्थित इडिफाइ इन्टरनेसनल स्कुलभित्र विद्युतीय माइक्रो भ्यान ठोक्किँदा एक छात्राको मृत्यु भएको छ।
दुर्घटनामा परेकी सर्लाहीकी ९ वर्षीया सोनाक्षी यादवको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। उनीहरुको कलंकीस्थित नेसनल अस्पताल र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।