काठमाडौं, असार ३ :

काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध उच्च अदालत पुगेका छन् । आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईंको निर्णयविरुद्ध पाण्डे अदालत पुगेका हुन् ।

आफूमाथिको कारबाहीविरुद्ध उच्च अदालत पाटनमा पाण्डेले मंगलबार आफैं उपस्थित भएर मुद्दा दायर गरेका छन् ।

साथै पाण्डेको मुद्दा सुनुवाइका लागि अदालतमा भोलि (बुधबार) का लागि पेसी तोकिएको छ ।

गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही (६ महिना निलम्बन) अघि बढाइएको थियो ।

महानगरले यो घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि बनाएको छ ।