शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश

फेरि डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ असार, २०८२ मा प्रकाशित
फेरि डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध
फाइल तस्बिर।
नवलपुर, असार ४ :

मंगलबार रातिको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सोमबार बगाएको डाइभर्सन मर्मतपछि सडक एकतर्फी खुलेको थियो, तर मंगलबार रातिको बाढीले फेरि डाइभर्सन बगाएपछि सडक सम्पूर्णरूपमा बन्द भएको हो।

प्रहरीले तत्काल डाइभर्सन खुल्ने सम्भावना नरहेको बताउँदै सो मार्ग प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। बाढीको बहाव अझै घटेको छैन, जसका कारण मर्मतको प्रयासमा कठिनाइ भएको नेपालले जानकारी दिएका छन्।

यो सडकखण्डमा विगत पुस २६ गते दुम्किवासस्थित विनयी खोलाको २४५ मिटर लामो पुल भारतीय हेभी ट्रक पास गर्ने क्रममा भत्किएपछि अस्थायी डाइभर्सनमार्फत यातायात चल्दै आएको थियो। खोलाले यो डाइभर्सन अहिलेसम्म छैटौं पटक बगाएको हो।

सडक बन्द हुँदा अधिकांश सवारी साधनहरू अरुणखोला, दुम्किबास र होङ्सीगेट क्षेत्रमा रोकिएका छन्। जसका कारण सयौं यात्रु र चालकहरू अलपत्र परेका छन्।

नारायणघाट–बुटवल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार, दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल असार १४ गतेदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुलको अन्तिम स्पानको ढलान जेठ २३ गते सम्पन्न भएको र त्यसको २८ दिनपछि मात्रै यातायात सञ्चालन गर्न मिल्ने जानकारी खनालले दिएका छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार