मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
राजनीति गण्डकी प्रदेश

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त, अब उम्मेदवार हुन नपाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ असार, २०८२ मा प्रकाशित
गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त, अब उम्मेदवार हुन नपाउने
काठमाडौं, असार ४ :

गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङे) सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पदमुक्त भएका छन् । अदालतले उनले विवरण झुक्याएर सांसद बनेको र उम्मेदवार हुन समेत अयोग्य भएको ठहर गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि पदमुक्त भएको फैसला गरेको हो।

उनीमाथि खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो। यसै आधारमा उनी सांसद बन्न नपाउने व्यक्ति ठहरिएका छन्। 

अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस १३ गते मनाङेको योग्यतामा प्रश्न उठाउँदै प्रदेश सभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी सर्वोच्चमा रिट दायर गरेका थिए।

मनाङेले उम्मेदवारी दर्ताको क्रममा दिएको विवरणमा झुटो तथ्य समेटिएको भन्दै अदालतले आज अन्तिम निर्णय सुनाएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार