शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

बालुवाटारमा कांग्रेस-एमालेका शीर्ष नेताबीच भेट, के भयो छलफल ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ असार, २०८२ मा प्रकाशित
बालुवाटारमा कांग्रेस-एमालेका शीर्ष नेताबीच भेट, के भयो छलफल ?
असार ४ :

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार साँझ उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र ऊर्जामन्त्री दीपक खड्कालाई लिएर बालुवाटार पुगेका हुन् ।

छलफलमा एमालेका तर्फबाट प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए । 

छलफलमा सरकारको र सदनको कामकारबाहीबारे कुराकानी भएको बुझिएको छ । त्यस्तै निजामती विधेयकको विषयमा पनि छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले इरान र इजरायलको द्वन्द्वका कारण समस्यामा परेका नेपालीको उद्धार र सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराएका थिए ।

बालुवाटारमा सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरु । तस्बिर : आशिष पौडेल/ प्रधानमन्त्रीको सचिवालय

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार