सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार प्रदेश कर्णाली प्रदेश शिक्षा

सुर्खेतको कोपिला भ्याली स्कुल विश्वकै १० उत्कृष्ट विद्यालयमा छनोट

उत्कृष्ट दश विद्यालयबीचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
सुर्खेतको कोपिला भ्याली स्कुल विश्वकै १० उत्कृष्ट  विद्यालयमा छनोट
सुर्खेत, असार ५ :

सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५’ को शीर्ष १० मा छनोट भएको छ ।

सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको दश शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनोट भएको जनाएको छ । टी फोर एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ । ‘वातावरणीय कार्य’ विधामा कोपिलाले उत्कृष्ट १० सूचीमा आफ्नो स्थान बनाएको हो ।

कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै १०औँ उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिए । उनले भने, ‘यो नेपालीका लागि गर्वको कुरा हो । अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ ।’

अध्यक्ष मल्लका अनुसार उत्कृष्ट १० मा पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकेडेमी, अबुधावी युएइमा हुने ‘विश्व स्कुल्स समिट’मा सहभागी हुन पाउने छ ।

सो स्कुलका ‘प्रिन्सिपल’ राजेनकुमार कार्कीका अनुसार उत्कृष्ट दश विद्यालयबीचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ । मतदान सुरु भइसकेको छ । यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरोकारवालालाई उनले आग्रह गरे ।

अबुधावीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ । वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौति पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट दशवटा देशका विद्यालय छनोट भइसकेका छन् भने ५० राष्ट्र समिटमा सहभागी हुने टि फोरले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार