
भारतको अहमदाबादमा गत जुन १२ मा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ को ब्ल्याक बक्स अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डमा पठाइने भएको छ। आगलागीका कारण ब्ल्याक बक्स अत्यन्त क्षतिग्रस्त भएको र यसबाट डाटा पुन: प्राप्ति असम्भवजस्तै देखिएपछि यो निर्णय गरिएको हो।
लन्डनका लागि उडेको विमान केही समयमै अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा रहेका २४१ यात्रु मध्ये २४० जनाको मृत्यु भएको छ भने ३० जना क्रु सदस्यमध्ये २९ जनाले ज्यान गुमाए। कुल मृतक संख्या २७० पुगेको छ। एक मात्र यात्रु जीवित रहेको पुष्टि भएको छ।
ब्ल्याक बक्सका दुई महत्वपूर्ण भाग ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुर्घटनाको भोलिपल्टै फेला परेका थिए। तर ती उपकरणहरू आगो र उच्च तापमानका कारण अत्यधिक क्षतिग्रस्त भएका छन्।
भारतमा यति क्षतिग्रस्त ब्ल्याक बक्सबाट डाटा पुन: प्राप्त गर्न सक्ने प्रविधि वा प्रयोगशाला नभएकाले अमेरिका पठाउने निर्णय गरिएको हो। अनुसन्धानको गोपनीयता र सुरक्षाको लागि सरकारी अधिकारीहरू पनि ब्ल्याक बक्ससँगै अमेरिका जानेछन्।