काठमाडौं, असार ६ :

पाल्पा
कालीगण्डकी फाउन्डेसन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउन्डेसनले पुस्तक उपलब्ध गराएको हो ।

विभिन्न विधामा १५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष नीलकण्ठ भण्डारीले जानकारी दिए । ‘पुस्तकालय स्थापनामा मद्दत पुर्याउन पुस्तक उपलब्ध गराएका हौँ,’ उनले भने । पुस्तकका माध्यमबाट व्यक्तिलाई सजायभन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए ।