
काठमाडौँ, भदौ २४ :
आज सुनको मूल्य तोलामा १ हजार दुई सय रुपैयाँले घटेको छ ।
शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आज घटेर तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, शुक्रबारको तुलनामा ४५ रुपैयाँले घटेर चाँदी आज तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।