बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेताको बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेताको बैठक बस्दै
काठमाडौं, असार ६ :

समसामयिक राजनीतिक विषयमा छलफल गर्न  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज (शुक्रबार) दिउँसो २ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनेछन् ।

हिजो (बिहीबार), अस्ति (बुधबार) का लागि पनि तीन दलका शीर्ष नेतृत्वबीच छलफल हुने भनिए पनि भेट हुन सकेको थिएन । बुधबार बस्ने भनिएको बैठक माओवादी अध्यक्ष राजधानी बाहिर भएकाले बिहीबार सारिएको थियो । बिहीबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर ‘विशेष कारणवश’ भनेर स्थगित गरिएको थियो ।

छलफलका विषयवस्तुहरु भने सार्वजनिक गरिएका छैनन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनी अहिले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफका लागि जानेछन् भने अपराह्न ४ बजे उनी ललितपुरको ग्वार्कोमा बनेको फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

-फाइल तस्बिर

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार