मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कैलाली कारागारमा मृत्यु भएका कैदीको शव पाँच दिनपछि परिवारले बुझे

प्रहरी नायब निरीक्षक पक्राउ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
कैलाली कारागारमा मृत्यु भएका कैदीको शव पाँच दिनपछि परिवारले बुझे
कैलाली, असार ६ :

कैलाली कारागारमा कैद भुक्तानकै क्रममा मृत्यु भएका डडेल्धुरा, भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको शव पाँच दिनपछि परिवारले बुझेको छ। मृतककी श्रीमती जानकी साउदले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेपछि शव बुझेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार शव पोस्टमार्टमपछि शुक्रबार बिहान मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो। सई नाथलाई श्रीमती साउदको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

सई नाथ सो बैंकिङ कसुरसम्बन्धी मुद्दाका वादी थिए, जसमा पालीलाई २०८० साल फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। तर हाल पालीकी श्रीमतीले प्रहरी अधिकारी नाथविरुद्ध ‘कर्तव्य ज्यान’ अन्तर्गत मुद्दा दर्ता गराएकी छन्।

मृतककी श्रीमती साउदले कारागारमै श्रीमान्लाई योजनाबद्ध ढंगले कुटपिट गरी हत्या गरिएको आरोप लगाउँदै कारागार प्रमुख वसन्तबहादुर खत्रीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार