शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल

संक्रमणकालीन न्याय मुख्य एजेन्डा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल
काठमाडौं, असार ६ :

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी रहेको छ। संक्रमणकालीन न्यायबारे सहमति खोज्ने उद्देश्यले दलहरूबीच छलफल भइरहेका बेला संसद्‌मा भइरहेका अवरोध हटाउने उपायबारे पनि विचारविमर्श भइरहेको बताइएको छ।

संसद्मा रास्वपा र राप्रपाको अवरोधले गर्दा छलफल गरी निर्धारित समयभित्रै टुङ्गयाउनु पर्ने विषय सक्न गारो भइरहेको बारेमा पनि छलफल भएको बुझिएको छ । दुई दुलको अवरोधका कारण आजका लागि निर्धारित प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समेत प्रभावित हुन पुग्यो ।

साथै, बैठकमा राजावादीको सक्रियता र  पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री ओली, र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी छन्।

दुई दिनअघि नै बैठक बस्ने भनिए पनि नेताहरूको व्यस्तताका कारण ढिलोगरी आज बैठक बसेको हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार