काठमाण्डौं, भदौ २४ :

नेपाली काँग्रेस पार्टीले पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।

आज पार्टी कार्यालय सानेमामा आयोजित कार्यक्रमबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पलेशालाई ५ लाख, प्रशिक्षक नेगी लामालाई १ लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभएको हो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जित्नु भएको हो । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ। सभापति देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । 

उहाँले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो। सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा 

यसैगरी सम्मान कार्यक्रमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था रहेको बताउनुभयो । 

उहाँले १३औँ सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरु विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताउनुभयो । उहाँले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने बताउनुभयो । सबैले खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्नुभयो ।