
काठमाडौं, असार ८ :
विनियोजित बजेटका सम्बन्धमा विवाद भएपछि सभामुख देवराज घिमिरले वक्ता डा. अमरेशकुमार सिंहलाई ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका छन् ।
सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन् । प्रतिनिधिसभा बैठकमा सिंहले राष्ट्रियताविरुद्ध बोलेको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गरेका थिए ।
सदनमा केहीबेर होहल्लाको स्थिति सिर्जना भएको थियो ।