शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र#भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस #बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र#भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस
समाचार

प्रधानमन्त्रीसँग अभियानकर्मीको भेट, के भयो कुराकानी ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ असार, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीसँग अभियानकर्मीको भेट, के भयो कुराकानी ?
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौं, असार ८ :

प्रधानमन्त्री केपी ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहोराले बालुवाटारमा आइतबार भेट गरेका छन् ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहोरा ३१औं दिनमा असार ३ गते काठमाडौं आइपुगेका थिए । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहोराले कार्यव्यस्तताका कारण आइतबार भेट्न पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बोहोराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे जानकारी गराए । ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाए । उनले शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे ।

ओलीसँग भेटेपछि बोहोराले आफ्ना कुरा सुनाउन पाएकामा खुसी जनाए । उनले पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने पनि बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार