
फाइल तस्बिर।
काठमाडौं, असार ९ :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ। अब उक्त बैठक असार १६ गते सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
यसअघि उक्त बैठक असार १५ गते आइतबार दिउँसो १ बजे बस्ने तय भएको थियो। तर प्रमुख सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक एक दिन पछि सारिएको हो।
बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशन, पार्टी क्रियाशील सदस्यताको नवीकरण तथा नयाँ सदस्यता वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ। बैठक समयमै नबस्दा कांग्रेसभित्रको असन्तुष्टि संसद बैठकमा पनि पोखिन थालेको छ ।
आइतबारमात्रै कांग्रेस नेता कान्छाराम तामाङले बैठकमा कुरा राख्न नपाएको झोकमा संसद बैठकमै राखेर नेताहरुको धज्जी उढाएका थिए ।