काठमाण्डौँ , भदौ २५ :

प्रतिनिधि सभा अन्तर्गत आज पनि अर्थ समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल जारी रहने कार्यसूची रहेको छ ।

समितिले हिजो पनि सोही विषयमा सांसदहरूसँग छलफल गरेको थियो ।