
प्रतीकात्मक तस्बिर ।
विराटनगर, असार १० :
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार इलामको सूर्योदय नगरपालिकाकी ३९ वर्षीया महिलाको मंगलबार बिहान आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिर्तामोडको बिर्तासिटी अस्पतालमा परीक्षण गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई नोबेल अस्पताल ल्याइएको थियो। सात दिनदेखि श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको जानकारी अस्पतालले दिएको छ।
मृत्युपछि शव प्रहरीको जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ। कोसी प्रदेशमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण फेरि देखिन थालेको छ।