
चितवन , भदौ २५ :
पूर्व पश्चिम राजमार्गको रत्ननगर नगरपालिकाको शान्ति चोकमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुर तर्फ आई रहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गई रहेको बागमती प्रदेश ०६- ००३ प ४८५१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
आज बिहान भएको दुर्घटनामा मोटर साइकल चालक रत्ननगर नगर पालिका बडा नम्बर १५ का ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटना लगत्तै बकुलर अस्पताल पुर्याए पनि मगरातीलाई चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
कन्टेनर र त्यसका चालक बारा गढीमाई गरपालिका ५ बस्ने श्याम सुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।