
काठमाण्डौँ , भदौ २५ :
सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
आजको बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी छ ।
काँग्रेस र एमाले बीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।