काठमाडौं, असार ११ :

धादिङमा एक महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।

गल्छी गाउँपालिका १, धादिङकी ५६ वर्षीया साइँली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिरनजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।

बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी सुरु गरिएको छ ।