
साताको अन्तिम कारोबार दिन आज (बिहीबर) नेप्से ४.४५ अंकले घटेर २,५९५.७४ अंकमा झरेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.२१ अंकले घटेर ४४३.९० अंकमा झरेको छ ।
नेप्सेमा आज ३०६ वटा कम्पनीको ७४ हजार २३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम सात अर्ब ७८ करोड दुई लाख ४२ हजार २४३ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चारवटा समूहको सूचक बढ्दा बाँकी सबै राताम्मे बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा रिलायबल समृद्धि योजना परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा बुटवल पावर कम्पनी परेको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य ८४० रुपैयाँ कायम रह्यो ।