मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

एफएओको ४४औं सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा इटली जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
एफएओको ४४औं सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा इटली जाँदै
काठमाडौं, असार १३ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (शुक्रबार) इटलीको राजधानी रोम जाँदै छिन् । उनी खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् ।

शनिबारदेखि बिहीबारसम्म हुने सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपालका राजदूत तथा संगठनमा नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी तथा परराष्ट्र मन्त्रालय र कृषि तथा पशुधन विकास मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार