सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश गण्डकी प्रदेश

रामकुमारी झाँक्रीको भनाइले एकीकृत समाजवादीमा तरंग, त्यस्तो के बोलेकी थिइन् ?

उनी भन्छिन्- अर्ली महाधिवेशन गरी नयाँ नेतृत्व ल्याउनुपर्छ,काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ असार, २०८२ मा प्रकाशित
रामकुमारी झाँक्रीको भनाइले एकीकृत समाजवादीमा तरंग, त्यस्तो के बोलेकी थिइन् ?
बुटवल, असार १५ :

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक संकट आएको भन्दै पार्टी पुनर्गठनको माग गरेकी छिन्।

लुम्बिनी प्रदेशको तिलोत्तमामा आयोजित पार्टी सम्बद्ध युवा संघ नेपालको भेलालाई  शनिबार सम्बोधन गर्दै उनले ‘अर्ली महाधिवेशन’को प्रस्ताव अघि सारिन्।

‘अब के गर्ने? पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो,’ झाँक्रीले भनिन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टी पुनर्गठन गरौँ, अर्ली महाधिवेशन गरौँ र नेतृत्व नयाँ बनाऔँ।’

उनले नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट हुनुपर्ने बताउँदै भनिन्, ‘हलबाट नेतृत्व छानौँ, तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ।’ झाँक्रीले पार्टीमा संकटको केन्द्रमै अध्यक्ष नेपाल रहेको स्पष्ट पारिन्। उनले भनिन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन। ’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केही दिनअघि मात्रै पतञ्जलि जग्गा घोटाला काण्डमा विशेष अदालतमा ३५ लाख धरौटी बुझाएर रिहा भएका छन्।  मुद्दाको टुंगो लागि नसकेको हुँदा उनको सांसद पद निलम्बन यथावत रहेको  छ। तर पनि उनले अहिलेसम्म पार्टीमा कसैलाई पनि कार्यवाहक नेतृत्व तोकेका छैनन् । 

अध्यक्ष नेपालको यो शैली मन नपराएरै होला उनले नयाँ नेतृत्वको कुरा अघि बढाएको हुन सक्छिन् ।कुनै समय अध्यक्ष नेपालनिकट रहेकी झाँक्रीको यस्तो कडा अभिव्यक्तिले पार्टीभित्र व्यापक हलचल ल्याएको छ। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार