काठमाडौं, असार १५ :

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोस्ट्रमबाटै च्यातिदिएका छन् । उनले गरिबमारा विधेयक नचाहिने भन्दै सदनमै च्यातचुत पारेका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले विधेयक पुस्तक च्यात्दै यो पारित भए देशमा आगो बल्ने चेतावनीसमेत दिए ।

‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य, भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ ।’

सदनमा साहले निजामती सेवा विधेयक च्याते पनि यसमाथि छलफल भएरसमेत बहुमतले पारितसमेत भइसकेको छ ।