
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको मूल्य घटेको छ । तर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरि युरो एकको खरिददर १५९ रुपैयाँ ९४ र बिक्रीदर १६० रुपैयाँ ६५ छ । आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ १८ र बिक्रीदर १८८ रुपैयाँ छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा छ । कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ र बिक्रीदर ४४८ रुपैयाँ ९७ पैसा छ ।
यसैगरी आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४४ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ मुद्राको विनिमय दर :