मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

पाउन्डको भाउ बढ्यो, युरो र दिनारको मूल्य घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
पाउन्डको भाउ बढ्यो, युरो र दिनारको मूल्य घट्यो
काठमाडौं, असार १६ :

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको मूल्य घटेको छ । तर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरि युरो एकको खरिददर १५९ रुपैयाँ ९४ र बिक्रीदर १६० रुपैयाँ ६५ छ । आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ १८ र बिक्रीदर १८८ रुपैयाँ छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा छ । कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ र बिक्रीदर ४४८ रुपैयाँ ९७ पैसा छ ।

यसैगरी आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४४ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ मुद्राको विनिमय दर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार