
बैतडी, असार १६ :
चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डिलासैनी गाउँपालिका ३, सिमारका २६ वर्षीय महेश राना रहेको बैतडीका प्रहरी प्रवक्ता (प्रहरी निरीक्षक) बलराम पाण्डेयले जानकारी दिए ।
उनका अनुसार राना आज (सोमबार) बिहान ६ बजेतिर घरनजिकै रहेको चौलानी नदीमा हाम फालेको पारिवारिक स्रोतले जनाएको छ ।
बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । राना किन नदीमा हामफाले भनेर खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।