नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तत्काल अधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयअगाडि प्रदर्शन गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेविसंघका केही नेताहरूले आफ्नै संगठनको नेतृत्व र मातृ पार्टीप्रति असन्तोष जनाउँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारी विद्यार्थी नेताहरूले समयमा नै अधिवेशन नभएकोप्रति व्यङ्ग्ग गर्दै 'म म्यादि नेविसंघ, मेरो अधिवेशन कहिले ?', 'म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ', '९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ' लेखिएका प्लेकार्ड बोकेका थिए। साथै उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर सांकेतिक विरोध जनाएका थिए।
प्रदर्शनकारीहरूले हालको नेविसंघ नेतृत्वले मातृ पार्टीबाट पाएको जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै विधानअनुसार नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन्।उनीहरुले अधिवेशनको सुनिश्चितता बिना म्याद थप्नुको औचित्य के हो ? भनी प्रश्न पनि उठाएका छन्।
नेविसंघको अधिवेशन ९ वर्षदेखि रोकिएको छ, जसले संगठनभित्र आन्तरिक असन्तोष र नेतृत्वको वैधतामाथि प्रश्न उठाइरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो