सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
समाचार

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको अभियोगमा मुद्दा दायर

पाठक फरार अभियुक्तको सूचीमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको अभियोगमा मुद्दा दायर
काठमाडौं, असार १६ :

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले युट्युब कार्यक्रममार्फत घृणा र द्वेष फैलाएको आरोपमा मुद्दा दायर गरेको हो।

सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित नाममा साइबर ब्युरोमा दर्ता भएको उजुरीका आधारमा सोमबार मुद्दा दायर गरेको हो।

अभियोग दाबीमा पत्रकार पाठकले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत गैरकानुनी सामग्री प्रकाशन गरेको आरोप लगाइएको छ। अभियोगमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ।

सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले अभियोग दायर गरेका हुन्। कार्यालयले पत्रकार पाठकलाई फरार अभियुक्तको सूचीमा पनि राखेको छ।

यसअघि, साइबर ब्युरोले पक्राउ पूर्जी जारी गरी अनुसन्धान अघि बढाउने प्रयास गरेको थियो, तर उच्च अदालत पाटनले पत्रकार पाठकलाई धरपकड नगर्न आदेश दिएको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ नगरी सीधै मुद्दा दायर गरेको हो।

पत्रकार पाठकले आफ्नो चर्चित कार्यक्रम ‘टफ टक’ मार्फत् ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री सार्वजनिक गरेका थिए। उक्त सामग्रीमा हिल्टन होटलको सेयर खरिद बिक्रीसँग सम्बन्धित विषयमा जयवीरसिंह देउवाको संलग्नता देखाइएको थियो। यसै विषयमा जयवीर देउवाले पत्रकार पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार