
काठमाडौं, असार १७ :
राष्ट्रिय सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।
त्यस्तै ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची पनि छ ।
राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक-२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिनेछ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारेमा सदनलाई जानकारी गराइने तयारी छ ।
हेर्नुहोस् लाइभ :