
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित कतिपय विदेशी मुद्राको मूल्य भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा थियो । युरो एकको खरिददर १६१ रुपैयाँ २३ र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा छ ।
पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ९६ र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा छ ।
कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ५० पैसा छ । आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७२ पैसा छ ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ मुद्राको विनिमय दर :