मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश गण्डकी प्रदेश

असार २० गतेदेखि लमजुङ-मनाङ सडकमा राति गाडी सञ्चालनमा रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
असार २० गतेदेखि लमजुङ-मनाङ सडकमा राति गाडी सञ्चालनमा रोक
फाइल तस्बिर।
लमजुङ, असार १८ :

जिल्ला प्रशासन कार्यालय मनाङले माथिल्लो मनाङको मुख्य सडकखण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।  

मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिबीच अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकले यही असार २० गतेदेखि राति सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

वर्षाका कारण हुन सक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखी रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार रातिदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

वर्षातका कारण विपद्‌को अवस्था सिर्जना हुन सक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्ममा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार