शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रमुखको भेट, के भयो कुराकानी ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रमुखको भेट, के भयो कुराकानी ?
काठमाडौं, असार १८ :

राष्ट्रपति रामचन्द्र पौडेलसँग सातै प्रदेशका प्रमुखहरूले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटवार्तामा प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको समग्र अवस्था, विकासका प्राथमिकता, जनअपेक्षा र प्रशासनिक काम-कारबाहीबारे राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

भेटमा कोसी प्रदेश प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए ।

राष्ट्रपतिले प्रदेश प्रमुखहरूको कामप्रति चासो व्यक्त गर्दै संघीयताको सफल कार्यान्वयनका लागि सबै प्रदेश प्रमुखहरूलाई संवैधानिक जिम्मेवारी निर्वाहमा अझ सक्रिय र प्रभावकारी बन्न आग्रह गरेका थिए ।

भेटका क्रममा प्रदेश प्रमुखहरूले आ-आफ्नो अनुभव बाँड्दै प्रदेशमा देखिएका केही चुनौती र सम्भावनाहरूको विषयमा समेत राष्ट्रपतिसमक्ष कुरा राखेका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार