मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कांग्रेसकै सांसद थानीले सभापति खतिवडालाई सोधे- तपाईंको कोर टिममा को-को छन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
कांग्रेसकै सांसद थानीले सभापति खतिवडालाई सोधे- तपाईंको कोर टिममा को-को छन् ?
काठमाडौं, असार १८ :

निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडमा भएको हेरफेरको विषयले नेपाली कांग्रेसभित्रै असमझदारी देखिएको छ । 

बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसकै सांसद हृदयराम थानीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराबाट विधेयकमा चलखेल भएको भन्दै कडा आलोचना गरेका हुन् ।

सांसद थानीले निर्णय गरिएको २ वर्षे 'कुलिङ पिरियड'लाई अन्तिम विधेयकमा फरक ढंगले प्रस्तुत गरिएको भन्दै यो परिवर्तन कसको दबाबमा गरिएको हो? भनेर प्रश्न गरे। उनले सचिव दुरामाथि 'ठुलाका दबाबमा' ५(क) बुँदा राखिएको आरोपसमेत लगाए।

‘तपाईं सचिव हो, नयाँ मान्छे होइन। कुलिङ पिरियडबारे थाहा नभएको भनेर पन्छिन सकिँदैन,’ थानीले बैठकमा भने, ‘सभापति खतिवडाले कोर टिममा कसलाई राख्नुभयो, कांग्रेस र एमालेका को–को थिए?’

थानीले समितिको निर्णय बाहिरबाट प्रभावित भएको र सभापतिले मनपरी शैलीमा विधेयक अघि बढाएको आरोप लगाए। कांग्रेसभित्रकै नेताबीच यस्तो आरोप–प्रत्यारोप चल्नु विधेयकको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।

विधेयकमा समितिको निर्णयविपरीत बुँदा थपिएको भन्दै समितिका सभापति खतिवडा र सचिव दुराको चर्को आलोचना हुँदै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार